१ जेठ, सुमन भट्टराई इटहरी । कलालय इटहरीले विद्यालय तह देखि स्नाकोत्तर तहसम्मका विद्यार्थीहरुलाई रंगमञ्चमा उतार्ने भएको छ ।
स्कुल थिएटर नामक बार्षिक नाटक उत्सवको पाँचौ संस्करण यहि जेष्ठ ६ र ७ गते दिनको दुई शो विहान ११ बजे र दिनको ३ बजे इटहरी स्थित किराँत राई यायोक्खाको तायारिप्ची भवनमा हुने भएको हो । प्रत्येक वर्ष सञ्चालन हुने स्कुल थियटर कार्यक्रम भुकम्प लगायत विविध कारणले दुई बर्ष सम्म पनि सञ्चालन हुन सकेको थिएन ।

स्कुल थिएटरमा कलालय इटहरीले पाँचौ संस्करण अन्र्तगत ६ वटा, नाटक प्रस्तुुत गर्न लागेको आयोजक कलालय इटहरीले जनाएको छ । कलालयले तयार पारेका नाटकमा बाल मनोविज्ञान साथै केहि विश्वप्रशिद्ध उपन्यासलाई मञ्चमा उतारिने रंगमञ्चकर्मी तथा निर्देशक राजा श्रेष्ठले जानकारी दिए । विगत २ वर्षमा नाटक गर्न नसकिए पनि यस पटकको प्रस्तुती फरक रहने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए । जयन्तीले कलाकार भाइबहिनिको सक्रियता र निर्देशनमा प्रस्तुत हुन गईरहेको नाटकबाट इटहरीको रंगमञ्चको भविश्यलाई हेर्न सकिने बताए ।नाटकको लेखन तथा निर्देशन राजा श्रेष्ठ, मन्जिल खुलाल, सुुगम दुलाल र अनुजा पौडेलले गरेका छन् ।

तपाईको प्रतिक्रिया