३ जेठ, सिरहा। सिरहा नगरपालिका १ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ।
स १ त २११५ नम्बरको ट्याकटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ बस्ने ७० बर्षिया सोनावती यादवको मृत्यु भएको हो।
ठक्करबाट गम्भिर घाईते उनलाई उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया