३ जेठ, झापा। झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ।
आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट भट्टराईको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ।आगो प्रहरी र सस्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

तपाईको प्रतिक्रिया