३ जेठ, आर.बी.कट्वाल रामधुनी। जथाभावी रुख काटेर उपभोक्तालाई विक्रीवितरण गर्ने वन समितिका अध्यक्ष सहित दुइजनालाई पक्राउ गरिएकोछ। सुनसरीको रामधुनी–४ स्थित रहेको रामधुनी नमुना पुर्वोत्तर नमुना सामुदायिक वनका अध्यक्ष दिनेश आचार्य र उपाध्यक्ष नेपुलाल चौधरीलाई पक्राउ गरिएको हो ।

दुबैमिली वनबाट रुख काटी बिक्रि गरेको भन्दै सम्बन्धित इलाका वनकार्यालयमा दिएको उजुरीका आधारमा काठ सहित मंगलबार पक्राउगरिएको हो । करिब १० क्युफिट काठ समेत बरामद गरिएको छ । दुवै जना प्रहरीको नियन्त्रणमा रहेको र बरामद गरिएको काठ तथा केही दाउरा सो बनउपभोक्ता समितीमा राखिएको प्रहरी चौकी लालपुलले जनाएको छ। काम नलाग्ने भन्दै स्विकृत नभएको रुख काटेको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

जिल्ला वनकार्यालयबाट स्विकृत लिनुपर्ने भएतापनि स्विकृत नभएको रुख आफुखुशी अध्यक्ष र उपाध्यक्ष मिलेर विक्रीगर्न थालेको उपभोक्ता समितिका कोषाध्यक्ष सोमनाथ पौडेलले बताए । ‘जिल्ला वनबाट स्विकृत काठ त्यतीकै छ, तर छलफल तथा निर्णय नै नगरी दुइजना मिलेर आफुखुशी रुख काटेर विक्री गरिरहेका छन्’ उनले भने,–‘समितीमाअभिलेख राखिएको बिलमा भएको रकम बाहेक पनि उपभोक्ता सँग अरु थप रकम लिने गरेको पाएका छौ, जुन रकम समितिको हिसाबमा देखिएको छैन ।’

तीन क्विन्टल दाउरा एक उपभोक्ताले पाउने सो सामुदायिक वनको नियम छ भने प्रति क्लिन्टल दुई सय रुपैयाँ तिर्नु पर्छ । अध्यक्ष र उपाध्यक्षले सो काठ विक्री गरेबापत छ सय २५ मात्र हिसाब देखाएका र आठ हजार छुट्टै लिएको समितीका उपभोक्ताहरु बताउछन् । जिल्ला वनको स्विकृती नलिइ रुख काटेको, जुन नियमसंगत नभएको सहायकवन अधिकृत राजेन्द्र प्रसाद यादवले बताए । दुवै जनालाई अब वन ऐन अन्तर्गत कारबाही अघि बढाइने उनले बताए । सेक्टर वनकार्यलय र जिल्ला वनकार्यालयको टोलीको स्थलगत निरिक्षण समेत गरेको छ ।उता अध्यक्ष आचार्य र उपाध्यक्ष चौधरीले पनि पैसा लिएको स्विकार्दै वनकै आम्दानी हुने हिसाबले लिएको बताए ।

तपाईको प्रतिक्रिया