काठमाडौँ। गर्मी महिनामा लामुखट्टेले सार्है दु :ख दिने गर्छ। लामुखट्टे भगाउन हामी धुप बाल्ने,झुल टाँग्नेदेखि बिहिन्न उपाय अपनाउछौ।धुप बाल्नाले लामुखट्टेतबाट त छुटकारा पाउन सकौला तर ,धुपले पनिहाम्रो स्वास्थ्यमा असर गर्न सक्छ ।भने झुल तान्ग्नाले गर्मीले सुत्नै सकिदैन । यदि यस्तो हो भने चिन्ता नगर्नुहोस् । गमलामा राख्न सकिने केही बिरुवाले लामुखट्टे भगाउन मद्धत गर्छ ।

 तुलसी : लामखुट्टे भगाउने सजिलो उपाय तुलसीको बोट हो । तुलसी रोपेको गमलालाई बालकोनी वा झ्याल नजिक राख्नुहोस । तुलसीबाट आउने बासनले लामखुट्टेलाई भगाउँछ । राती सुत्नुअघि तुलसीको पात अनुहार लगायत शरिरका विभिन्न भागमा दल्दा पनि लामखुट्टेले टोक्ने सम्भावना कम रहन्छ ।

कागती वा त्यसको फुल : कागतीको फुलले पनि लामखुट्टे भगाउँछ । तर, यो निश्चित मौसममा मात्र फुल्ने भएकोले आवश्यक परेको समयमा पाउन सकिदैन ।

मेरिगोल्ड : तिहारे फुल समेत भनिने मेरिगोल्डको पाइरेथ्रम नाम गरेको तत्वल लामखुट्टे भगाइदिन्छ । सानो गमलामा पनि प्राय सबै मौसममा हुने यो फुल बरान्डामा लगाइदिनुहोस तपाईको घरभित्र कहिल्यै पनि लामखुट्टे प्रवेश गर्दैन । यसलाई हजारी वा सयपत्री फुल पनि भनिन्छ ।

लेभेन्डर : हल्का प्याजी रंगको लेभेन्डरको फुलले पनि लामखुट्टे भगाइदिन्छ । घरको बगैचा सजाउन प्रयोग गरिने यस फुलको वरिपरि कहिल्यै लामखुट्टे आउदैन ।

लामुखट्टेले मलेरिया, डेंगू जस्ता प्राणघातक रोग लाग्ने भएकाले यी बिरुवाको साथै अन्य सावधानी पनि अपनाउनु होला । यी बिरुवा कार्यालय, होटल, रेष्टुरन्ट लगायतका स्थानमा केही उपयोगी हुनसक्छ । स्वास्थ्य खबरपत्रिका

तपाईको प्रतिक्रिया