७ जेठ, सिरहा। सिरहाको भगवानपुर गाउँपालिका-५ स्थित भित्री सडक खण्डमा शनिबार स १ त २९७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्।

बेलुका ९ बजेतिर भएको उक्त दुर्घटनामा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका-५ बस्ने १६ बर्षिय शिबनारायण मण्डल र १७ बर्षिय अम्मर मण्डल गम्भिर घाईते भएका थिए।उनीहरुलाई उपचारकोलागी लहानतर्फ लैजाने क्रममा अम्मरको बाटोमै मृत्यु भएको हो। घाइते शिवनारायणको उपचार भइरहेको छ भने ट्याक्टरका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया