इनरुवा जेठ ८/सांसद सूर्यदेव दास उराँव उपर चेक बाउन्सको मुद्धा लागेको छ । सुनसरी काँग्रेसको सूचिबाट समानुपातिक तर्फबाट सांसद बनेका उराँवमाथि २५ लाखको चेक बाउन्सको मुद्धा दर्ता भएको हो । सांसद उराँव उपर काठमाण्डौं जिल्ला अदालतमा नेक अनादर मुद्धा दर्ता भएको हो ।

सांसद उराँवले दिलिपकुमार यादव र अवरेन्द्र यादवको नाममा जनता बैंक नेपाल लिमिटेड इनरुवा शाखाको काटेको चेक बाउन्स पाइएपछि उनि विरुद्ध चेक अनादर मुद्धा लगाइएको हो । एअ ४४३८ र ४४३९ मुद्धा नम्वरमा चेक अनादरको मुद्धा दर्ता भएको छ । उराँवले एक वर्ष अघि छोरोलाई अस्ट्रेलिया पठाउन आवश्यक परेको भन्दै साविक पश्चिम कुशाहा वडा नं ९ भई हाल कोशी गाउँपालिका ३ बस्ने नितेश यादवसँग २५ लाख रकम ऋण सापटी लिएका थिए ।

२०७४ वैशाख मसान्त भित्र तिर्ने सर्तमा २०७३ श्रावण मसान्तमा लिएको २५ लाख रकम सांसद उराँवले २०७३ को चैत्र र २०७४ को बैशाख महिनामा गरी दिलिपकुमार यादव र अवरेन्द्र यादवको नाममा जनता बैंक नेपाल लिमिटेडको चेक दिएका थिए । दिलिपको नाममा काटिएको १३ लाख र अवरेन्द्र यादवको नामको ६ लाखको चेक साट्ने क्रममा बैंकले खातामा रकम नभएको भनि बाउन्स चेक भन्दै प्रमाणित सहित फर्काएको थियो ।

रकम बाउन्सबारे सांसदलाई जानकारी गराएपनि धाकधम्की दिने र ताकेता गर्दा उल्टै सांसदको पावर देखाउँदै आलटाल गर्ने गरेकाले कानुनी उपचारकालागि मुद्धा दर्ता गरिएको नितेश यादवले बताए । नितेशले सांसद उरावको रवैयाले रकम डुब्ने आशंका बढाएकाले कानुनी बाटो रोजिएको बताए । उराँवको बारेमा कांग्रेस जिल्ला पार्टी कार्यालयमा समेत जानकारी गराइएको नितेशले बताए ।

तपाईको प्रतिक्रिया