इटहरी ।थारू भाषामा अाधारित सिनेमा छल्कीकाे शुभमुर्हत सम्पन्न गरिएकाे छ । माेरङकाे बिराटनगर स्थित देवकाेटा चाैकमा शनिबार एक कार्यक्रमबिच  उक्त सिनेमाकाे शुभमुर्हत गरिएकाे हाे । चादनी फिल्मस प्रालीकाे ब्यानरमा बन्ने फिल्ममा ग्लाेरी मिडिया इटहरीले पाेस्ट प्राेडक्सनकाे काम गर्ने भएकाे छ ।

सफल सिनेमा निर्देशक केशव रायमाझीकाे निर्देशनमा बनिने फिल्मकाे शुभमुर्हत कार्यक्रममा काैशल चाैधरी , मनाेज चाैधरी , प्रज्वल माझी , लक्ष्मी मगर , निजर माझी , लगायतका कलाकारहरूकाे मुख्य भुमिका रहने र फिल्म थारू संस्कृतिका साथै प्रेम कथामा अाधरित रहने निर्देशक रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया