जेठ ८ विराटनगर/ सामाजिक सञ्जाल फेसबुकमा सक्रिय म नेपाली समूहले मोरङको लेटाङ–५ का एक बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । म नेपाली समूहले टाउकोमा संक्रमण भएका लेटाङ–५ का १४ वर्षीय कपिल नेपालीको उपचारका लागि १४ हजार ६५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
म नेपाली समूहले लेटाङ नगरपालिका वडा नम्बर ८ र ९ जाँतेमा रहेका व्यवसायी तथा स्थानीयबासीसँग रकम संकलन गरी पीडित नेपालीलाई सहयोग गरेको हो । विपन्न परिवारका कपिललाई टाउकोमा संक्रमण (Tubercular Meningitis) भएपछि उपचारमा समस्या भएको छ ।
उनलाई चाँडो भन्दा चाँडो उपचार गर्नुपर्ने भएकाले तत्कालै रकम संकलन गरि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने म नेपाली समूहले जनाएको छ । समूहले पीडित बालकको उपचारमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेको छ ।
सहयोगका लागि समूहका सदस्य मदन सापकोटाको नाममा रहेको एन एम बि बैंकको खाता नं.०६३२१५००५०८५५००००००१ म रकम जम्मा गर्न सकिने समूहले जनाएको छ ।

तपाईको प्रतिक्रिया