८ जेठ, इटहरी । नेपाल सरकारको जनता आवाष कार्यक्रम अन्र्तगत सुनसरीमा पहिलो चरणमा छनौटमा परेका मुसहर समुदायका ३० परिवारकाको घरको शहरी विकास मन्त्रालयका सचिव दिपेन्दनाथ शर्माले शिलान्यास गरेका हुन । आठ वर्ष देखि विपन्नताका आधारमा नेपाल सरकारले दलित ,अल्पसंख्यक ,लोपोन्मुख लगायतका समुदायलाई आवासको व्यवस्था गर्ने निती अन्र्तगत जनता आवाष कार्यक्रम सञ्चालनमा  ल्याएको थियो ।


नेपाल सरकारले मुसहर समुदायलाई जनता आवाष कार्यक्रम अन्र्तगत घर बनाइदिने भएपनि उनीहरुसंग जग्गा नभएका कारण बसोवास गर्दै आएको ठाउपनि  घर बनाउन नमिल्ने ठाउँमा भएका कारण समस्या हुदै आएको थियो । यही क्रममा भलुवामै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको करुणा फाउण्डेशनले मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने काम गर्याे । करुणाले नमुना मुसहर बस्ती निर्माणका लागि मुसहरलाई ऋण लिन जमानी बसी दिने देखि लिएर वस्तीमा सामुदायिक भवन , मन्दीर निर्माणका लागि दुई कठ्ठा ५धुर जग्गा समेत खरिद गरि दियो । जग्गा भएपछि शहरी विकास तथा भवन निर्माण विभागले एक परिवारका लागि दुई कोठा , किचेन, शौचालय भएको घर बनाइ दिने भएको छ । वस्ती निर्माण कार्यका लागि पहल गर्ने दलित विकास समाज दुहवीले पहल गरेको तथा करुणा फाउण्डेशनले सहयोग गरेपछि आफुहरुका लागि नमुना वस्ती निर्माण हुन लागेको लक्ष्मण ऋषिदेव वताउछन । नमुना वस्ती निर्माण भैसकेपछि गाउमा सफासुघर हुने हुँदा वस्तीमा स्वास्थ्य समस्या समेत नहुने समेत उनले विश्वास व्यक्त गरे ।

पिछाडि परेका मुसहर समुदायका मानिसहरुको समस्या देखेर आफुहरुले सहयोग गरेको करुणा फाउण्डेशनका निर्देशक दिपक सापकोटाले बताए  ।  सरकारले घर वनाइदिने भने पनि जग्गा नभएका कारण समस्यामा परेका उनीहरुलाई ऋण सहयोग उपलव्ध गराउने देखि लिएर सामुदायिक भवन , दिनाभद्री मन्दीर समेत आफुहरुले बनाइदिने सापकोटाले जानकारी दिए ।जनता वस्ती कार्यक्रम अन्र्तगत यस वर्ष २०हजार घर निर्माण गरि सक्ने लक्ष्य सहित घर निर्माणका काम भैरहेको वताउदै शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सोही अन्र्तगत छनौटमा परेका सुनसरीका मुसहरका लागि घर निर्माण गरिन लागेको जानकारी दिए । उनले २०हजार घर निर्माण गरिने योजना अन्र्तगत १४हजार घर निर्माणको काम सुरु भई सकेको तथा बाँकी ६ हजारका लागी समेत छनोट प्रकृया भई रहेको समेत वताए ।

नेपाल सरकारले आगामी आर्थिक वर्षमा थप २५ हजार घर लक्षित वर्गका लागी जनता आवाष कार्यक्रम अन्र्तगत घर निर्माण गरि दिने भएको छ । जस अन्र्तगत सुनसरीमा ८सय घर निर्माण हुने भएका छन । सहरी विकाश तथा भवन निर्माण विभाग डिभिजनका प्रमुख श्याम सिंहको अध्यक्षतामा भएको  शिलान्यास कार्यक्रममा दुहवी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरी,करुणा फाउण्डेशनका अध्यक्ष गोविन्द अधिकारी,लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया