९ जेठ, विराटनगर। स्नातकोत्तर  क्याम्पस विराटनगरमा विभिन्न विषयमा अध्यापनरत १३ जना आंसीक प्राध्यापकहरुले  पेन डाउन गरेका छन् । त्रिवि केन्द्रीय क्याम्पस लगायत देशभरीकै सम्पूर्ण आंगीक क्याम्पसहरुमा आंसीक शिक्षकको रुपमा रहेका प्राध्यापकहरुले मासीक ज्यालादारीमा नियुक्ति पाउनु पर्ने माग राखी एकसाथ पेन डाउन गरिएको हो ।

दैनिक ज्यालादारीमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु पढाउँदा प्रध्यापकहरुको वृत्ती विकास हून नसक्ने साथै नैरास्यता उत्पन्न हूने स्नातकोत्तर क्याम्पस आंसीक प्राध्यापक संघका अध्यक्ष रामचन्द्र कोइरालाले वताउनुभयो । त्रि.विले ८ वर्ष पछि सेवा आयोग खूलायो, करारलाई स्थायी वनायो तर दसौं वर्ष देखि आंसीक प्राध्यापकको हीतमा कूनै सुनुवाई नभएको तथा न्यूनतम दैनिक ज्यालादारीमा पढाउनू पर्ने र त्यसमापनि १५ प्रतिशत कर काटीने भएको हूनाले आन्दोलन गर्न वाध्य भएको संघका सचिव दान कूमार ढकाल वताउनुभयो ।

त्रिविले स्थायी नियूक्ति गरेका प्राध्यापकहरुलाई घर पायक दिने निति तथा सरुवा गराउन पनि समस्या भएकोले आंसीक प्राध्यापक विना क्याम्पस सञ्चाल नगर्न सम्भव छैन । मासीक ज्यालादारीमा लैजाने सन्दर्भमा पटक –पटक सहमती भएता पनी विभिद कारणवश गर्न नसकीएको तर आंसीक प्राध्यापकहरुको माग जायज रहेको स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा.मनोज कूमार राउतले वताए ।

तपाईको प्रतिक्रिया