९ जेठ, विवेक विवश रेग्मी तरहरा । आसन्न स्थानीय तहको दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा इटहरी उपमहानगरपालिकामा कांग्रेसले चुनावी गतिबिधिलाई तिब्रता दिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस इटहरी १९ ले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको हो ।

लामो समयपछि इटहरीका २० वडाभरी भने कांग्रेसले उमेद्धवारको टुङ्गंो लगाएको छ । १ नम्बर वडा अध्यक्षमा बिष्णु चौधरी,२ मा दिपेन्द्र घिमिरे,३ मा बालकृष्ण बिष्ट,४ मा कमल राई,५ मा तिर्थराज पराजुली,६ मा दिपक गौतम,७ मा नरबहादूर राई,८ मा रोहीत चौधरी,९ मा इन्द्रप्रसाद रेग्मी र १० मा प्रकाश कोइराला अध्यक्ष पदका लागी उमेद्धवारको टुगों लगाएको हो ।

त्यसैगरी ११ नम्बरमा रुपेश चौधरी,१२ मा होमानन्द दाहाल,१३ मा शन्देश सरदार,१४ मा प्रवन चौधरी,१६ मा दिपनारायण चौधरी१७ मा भगवानलाल चौधरी,१८ मा रामबाबु चौधरी,१९ मा दुर्गालाल पौडेल र २० मा मणिराम श्रेष्ठलाई वडाध्यक्षमा उमेद्धवारको टुङ्गो लगाई जिल्लामा पठाएको नेपाली कांग्रेसले जानकारी दिएको छ । भने मेयर उपमेयरको भने अझै टुङ्गो लाग्न सकेको छैन । मेयरमा हेमकर्ण पौडेल र रोहीत प्रसाईको कडा प्रतिस्पर्धा रहेको छ ।

वडामा उमेद्धवारको टुङ्गो लाएसँगै चुनावी गतिबिधिलाई तिब्रता दिएको छ । मंगलबार इटहरी १९ ब्रम्हपूरस्थित बृहत पार्टी प्रबेश तथा चुनावी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा कार्यक्रमका प्रमुख अतिथि मणिराम श्रेष्ठले नेपाली कंग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउँने भएकाले जनतालाई बिश्वस्त दिलाएका थिए ।

आगामी चुनावमा नेपाली कांग्रेसले जित्नु भनेको सम्पूर्ण नेपाली जनताको जित हुँने शुनिश्चित गरेका थिए । कार्यक्रममा मेयरका प्रत्यासी हेमकर्ण पौडेल,अर्का मेयरका प्रत्यासी रोहीत प्रसाईले नेपाली जनताले जित्नु भनेको मूलुकमा शान्ति र समृद्ध हुँने कुरा बताएका थिए ।

तपाईको प्रतिक्रिया