९ जेठ, बिराटनगर। साेमबार बसेकाे मन्त्री परिषदकाे बैठकले बिरगञ्ज र बिराटनगरलार्इ महानगरपालिका बनाउने निर्णय गरेसंगै माेरङकाे बिराटनगरमा मंगलबार स्थानीयहरूले बिराेध प्रदर्शन गरेका छन ।

बिराटनगर लगायत बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको एक वडालाई गाभेर बिराटनगर महानगर बनाउन लागेकाे भन्दै स्थानीयहरूले बिराेध प्रदर्शन गरेका हुन ।

स्थानीयहरूले सडक समेत अवरूद्ध गरी उपप्रधानमन्त्री एवम स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको पुत्ला बनाएर प्रदर्शन समेत गरेका छन । प्रहरीले स्थितीलार्इ नियन्त्रणमा लिएर सडक खुलाएकाे छ तर प्रदर्शन जारी रहेकाे छ ।

तपाईको प्रतिक्रिया