इनरुवा जेठ १०/जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरण निर्वाचनको तयारीबारे मूख्य निर्वाचन अधिकृतको कार्यालयले सुनसरीका दलका प्रमुख तथा प्रतिनीधिहरुसँग छलफल गरेको छ । कार्यालयले थालेको तयारी , चुनावी वातावरण र जिल्लाको सुरक्षा अवस्था लगायतका बारेमा छलफल गर्न मूख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षिय बैठक डाकेको थियो ।

मूख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले जिल्लामा भैरहेको चुनावी तयारीका बारेमा दलहरुलाई जानकारी गराउनु भएको थियो ।
बैठकमा सहभागि दलका नेताहरुले मतदाता शिक्षाको प्रभावकारितासँगै भरपर्दो सुरक्षा बन्दोवस्ती र सहज वातावरणमा मतदान गर्ने अवस्था सीर्जना गराउन मूख्य निर्वाचन अधिकृतको कार्यालयले खेल्नु पर्ने भूमिका बारेमा धारणा राखेका थिए ।

छलफलमा सहभागि अधिकांश दलका नेताहरुले बदर मतको संख्या न्यून तुल्याउन मतदाता शिक्षाको प्रभावकारिताको खाँचो औल्याएका थिए ।सुनसरीमा निर्वाचनकालागि १ सय ६६ मतदान केन्द्र तोकिएका छन् भने ४ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कुल मतदाताको संख्या ४ लाख २१ हजार १ सय ५१ रहेको छ ।

तपाईको प्रतिक्रिया