Rajendra-Mahato-at-Press-Meet-640x450मंसिर ८ मधेश आन्दोलनको १००औं दिनको अवसरमा वीरगंजमा पत्रकार सम्मेलनमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बन्दुकबाट समस्या समाधान नहुने बताएका छन् । उनले १०० दिनसम्म शान्तिपूर्ण आन्दोलन र ६० दिनको नाकाबन्दी आफैमा ऐतिहासिक रहेको उनले धारणा राखेका छन् । उनले भने, ‘मधेशी जनताको धैर्यता, वीरता र साहसलाई म सलाम गर्छु ।’

अध्यक्ष महतोले यो आरपारको संघर्ष हो भन्दै ‘अभी नहीं तो कभी नहींको नारा जन जनमा व्याप्त रहेको’ जिकिर गरेका छन् । सरकारले प्रारम्भदेखि नै दमनको नीति अख्तियार गरेको आरोप लगाउँदै उनले समस्या समाधान गर्नुको सट्टा गोली चलाई रहेको बताए । ‘यो कुनै विखण्डनको आन्दोलन होईन, मधेशले अधिकार पायो भने देशको अखण्डता झन् बलियो हुन्छ’ उनले भने ।मधेशी जनतालाई राष्ट्रघाती भन्नु राष्ट्रवादको अपमान रहेको महतोले भन्दै सरकारले आफ्नो निरंकुश सोच र अहंकार बदलिनै पर्ने बताए । उनले बन्दूक चलाएर वार्ताको नौटंकी बन्द गर्नुपर्ने बताए । तीनै दलको समान धारणा नबनेसम्म कुनै प्रकारको वार्तामा बस्न नहुने उनको धारणा छ । आन्दोलनलाई बदनाम गर्न घुसपैठ गराई एम्बुलेंसमा तोडफोड र औषधिको ट्रकमा आगजनी गरिएको खुलासा गरे ।

महतोले सेना परिचालन गरि आन्दोलनलाई दबाउने षड्यंत्र सरकारले गरिरहेको आरोप लगाए । सरकारका मंत्रीहरू सेना परिचालन गरि दमन गर्न उत्तेजित भाषण गर्दै हिंडिरहेको बताए । नेपाली सेनाले सरकारको यस निर्णयमा सचेत भएर सोच्ने अवस्था आएको बताए । ‘भारतलाई गाली गरेर नेपाल र नेपाली जनताले कहिले सुख पाउंदैन, एनआरएनको भूमिका निन्दनीय छ, दुनियाँभरमा नेपालको बेईज्जती गर्ने काम गर्दै छ, एनआरएन सरकारको प्रवक्ताको काम गर्दै आइरहेको आरोप लगाएका छन् । जनताको संगठन हो भने मधेशको पक्षमा पनि बोल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया