११ जेठ, सुनसरी। सुनसरीको गढी गाउँपालिका २ बस्ने श्रवण खाँ मियाँको घरमा बुधवार आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ।
अचानक बिद्युत सर्ट भई आगलागी हुँदा मियाँको टाटी बेराले बनेको टिनको छानो भएको २ तले घरमा  क्षति भएको हो।
आगलागीबाट मियाँको घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय छिटहाले जनाएको छ।
आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नयन्त्रणमा आएको छ।

तपाईको प्रतिक्रिया