काठमाडौं । बोन्ड सिरिजको चलचित्रमा जेम्स बोन्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरको क्यान्सरका कारण निधन भएको छ । उनी ८९ वर्षका थिए । उनले जेम्स बोन्डको भूमिकामा सातौँ पटकसम्म अभिनय गरेका थिए । उनको परिवारले यसको घोषणा गर्दै उनको ट्विटर ह्यान्डलबाट जानकारी दिएका हुन् । सर रोजर मुर आफ्नो परिवारका साथ स्विजरल्याण्डमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया