इनरुवा १२ जेठ/ सुनसरीको जल्पापुरलाई नगरपालिकाबाट हटाएर गाउँपालिकामा समायोजना गरिएको विरोधमा स्थानीयहरुले प्रर्दशन थालेका छन् । जल्पापुरबासीले आज विहानैबाट बबिया भुटाहा सडक खण्ड अवरुद्ध पारेका छन् ।  टायर बालेर आन्दोलनमा उत्रिएका गाउँबासीहरुले सडकमै बसेर नाराबाजी गरेका छन् ।


इनरुवा नगरपालिकामा समायोजनकालागि यसअघि दलिय सहमति अनिवार्य गरिएकोमा सरकारको पछिल्लो निर्णय स्थानीय राजनैतिक दल र सर्वसाधारणको इक्षा विपरित भएको भन्दै गाउँवासीले रोष प्रकट गरेका छन्  । यसअघि साविकको जल्पापुर गाविसलाई इनरुवा नगरपालिकामा गाभेर वडा नम्वर १० कायम गरिएको थियो ।


पहिल्लो पटक स्थानीय तहको संख्या थप गरिएसँगै जल्पापुरलाई इनरुवा नगरापालिकाबाट हटाएर हरीनगरा गाउँपालिकामा समायोजन गरिएको छ । आन्दोलनको अगुवाई गरिरहेका जल्पापुरका राजनैतिक दलहरुले निर्णय नसच्याइए चुनाव बहिस्कार गर्ने समेत निर्णय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया