इनरुवा जेठ ११/गढी गाउँपालिकाबाट हनिनगरा गाउँपालिकामा समायोजन गरिएको विरोधमा सुनसरीको सत्तेरझोरावासी समेत आन्दोलित भएका छन् । सोमबार रातीको मन्त्रि परिषद्को निर्णयले स्थानीय तह थप गरेसँगै सुनसरीमा २ गाउँपालिका थप भएका थिए ।


सरकारको सो कदम विरुद्ध जल्पापुरवासीले हिजैबाट आन्दोलन सुरु गरिसकेका छन् । सत्तेरझोराका राजनैतिक दल तथा सर्वसाधारण इनरुवामा भेला भई नाराबाजी गरेका छन् । उनिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशाषन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन् । निर्णय नसच्याइए सडक आन्दोलनमा उत्रने गाउँबासीले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया