काठमाडौं, जेठ १२/राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल समेत आह्वान गरेको छ।

कार्यक्रम अन्तर्गत भोलि शनिबार देखि निर्वाचन सम्बन्धी सबै गतिविधिमा अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने भएको छ। जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताए। यसबारेमा केही बेरमा पत्रकार सम्मेलन गरी आन्दोलनका सबै कार्यक्रम घोषणा गर्ने पार्टीले जनाएको छ। उनले जेठ १९ गतेसम्म पनि संविधान संशोधन अगाडि नबढे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया