इनरुवा जेठ १२/क्षेत्रीय प्रशासक राजेश्वरमान सिङले सुनसरीमा भैरहेको चुनावी तयारीबारे जानकारी लिएका छन् ।मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा आइपुगेको क्षेत्रीय प्रशासक सहितको सुरक्षा टोलीले चुनावी तयारीबारे स्थलगत नीरिक्षण गरेको हो ।

सुनसरीमा भैरहेको चुनावी तयारी, सुरक्षा अवस्था,चुनावको पूर्व तयारी लगायतका बारेमा  मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालासँग क्षेत्रीय प्रशासक सिङले जानकारी लिनुभएको थियो ।क्षेत्रीय प्रशासकले जिल्ला प्रशासनमा सुरक्षा निकायका प्रमुखसँग चुनावी सुरक्षा र रणनीतिका बारेमा समेत छलफल गर्नुभएको सुरक्षा स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया