इनरुवा जेठ १३/राजपाले सुनसरी सदरमुकाम इनरुवामा निकालेको मसाल जुलुस प्रहरीले रोकेको छ । मसाल सहित निस्केको राजपा नेता कार्यकर्ताको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।


निर्वाचन आचारसंहिता लागु रहेको अवस्थामा चुनाव विरोधी गतिविधी गर्न नपाइने भन्दै प्रहरीले मसाल खोसेको जनाएको छ । मसाल खोस्ने क्रममा सामान्य घम्साघम्सी भएपनि दुवै तर्फबाट संयमता अपनाइएकाले अप्रिय घटना भने हुन् पाएन् । राजपा कार्यकर्ताहरुले आफहरुको शान्ति पूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् ।प्रहरीले मसाल खोसेपछि राजपा कार्यकर्ताहरुले नाराजुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

तपाईको प्रतिक्रिया