इनरुवा १३ जेठ /जेठ ३१ गतेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बलाहामा एमालेले घरदैलो कार्यक्रम संचालन गरेको छ ।
इनरुवा नगरपालिकाका मेयरका उम्मेदवार पोष्ट नेपाल सहितको टोलीले वडा नम्वर ५ मा घरदैलो गरेको हो । घरदैलो कार्यक्रममा ५ नम्वर वडाको लागि अध्यक्षका रुपमा अञ्जनी पोखरेलले घरदैलोका क्रममा मत मागेका थिए ।


पार्टीले आधिकारीक रुपमा वडा नम्वर पाँचको अध्यक्ष उमेद्वार सार्वजनिक गरिनसकेपनि आफ्नो उमेद्वारी पक्कापक्की रहेकाले घरदैलोमा जुटेको पोखरेलले बताए । घरदैलो कार्यक्रममा स्थानीय युवा तथा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । चुनावी प्रचारका रुपमा घरदैलो कार्यक्रमलाई अघि बढाइएको एमाले नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया