gunमंसिर ८ इनरुवा सुनसरीको भोक्राहा ५ स्थित पूर्वपश्चिम राजमार्ग खण्डमा चेकचाँजका क्रममा सुनसरी प्रहरीले २ युवालाई हतियार सहित पक्राउ गरेको छ ।पेस्तोल र सोमा लाग्ने ५ थान गोली सहित पक्राउ पर्नेमा भोक्राहा ५ का रविन यादव र श्रीपुर ५ का कुन्दनकुमार यादव रहेका छन् ।रविन यादवको साथबाट पेस्तोलमा लाग्ने गोली २ थान र कुन्दनको साथबाट पेस्तोल एक थान र सोमा लाग्ने ३ थान गोली बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।पक्राउ परेका रविन यादव लागु औषध लगायतका विभिन्न आपरारिक मुद्धामा यसअघि समेत पटक पटक पक्राउ पाई छुटेका व्यक्ति भएको बुझिएको छ ।प्रहरीका अनुसार को ९ प ५५६५ नम्बरको मोटरसाइकलमा सवार रहेका कुन्दन यादवको पेटमा रुमालले बाँधिकएको अवस्थामा पेस्तोल बरामद भएको हो ।साथै उनिहरु सवार मोटरसाइकल यातायात व्यवस्था कार्यालय इटहरीमा चेकजाँँन गर्दा साहेबगंजका खेगेन्द्र मण्डलको नाममा को ५ प ९४९० नम्बरमा दर्ता रहेको फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल केही हप्ता अघि सुनसरी तनमुनाबाट खगेन्द्र मण्डल सवार रहँदा लुटिएको मोटरसाइकल भएको खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया