१३ जेठ, धरान । पत्रकार कृष्णसेनको स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर सुनसरीले आज सुनसरीका दुई जना पत्रकारलाई पुरस्कृत र नवनियुक्त प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई सम्मान गरेको छ । धरान १४ हुक्पा चोङवाङ रिसोर्टमा आयोजना भएको दिव्यराज आचार्य स्मृति पुरस्कारबाट सेन्टरले  सुनसरीका पत्रकार जयकृष्ण यादव र महाप्रतिवादका सम्पादक तारा लामगादेलाई जनही २५ हजार १ रुपैयाले पुरस्कृत गरेको छ भने प्रेस काउन्सिलका नव नियुक्त अध्यक्ष भवानी बराललाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

पुरस्कृत दुई पत्रकारलाई प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, , प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बराल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव ओम शर्माले दोसल्ला प्रमाणपत्र र नगदसहित पुरस्कृत गर्नुभएको हो । सो अवसरमा बोल्दै काउन्लिसका नवननियुक्त अध्यक्ष बरालले आफू अध्यक्ष भएपनि समग्र पत्रकारिता जगतको विकासका लागि काम गर्ने बताउनुभयो ।

उहाले अहिलेको केन्द्रिकृत प्रेस काउन्सिलले सम्पूर्ण प्रेस जगतको विकास गर्न नसक्ने भएकोले अब काउन्सिल पनि प्रेदश स्तरीय हुनुपर्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व महासचिव ओम शर्माले समग्र पत्रकारिताको विकासका लागि बरालले गुट उपगुटमा नलागी काम गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा बोल्दै दिव्यराज आचार्य पत्रकारिता कोषका संरक्षण छोरा गणेश आचार्यले विगत पाचबर्षदेखि ५ लाखबाट शुरु गरेको यो अक्षय कोष अहिले ९ लाख रुपैया पुगिसकेको बताउदै भविष्यमा यो कोषलाई १ करोड रुपैया पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार। महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, नेकपा माओवादी केन्द्रका निर्वाचन परिचालन समितका संयोजक मुक्साहाङ मेन्याङ्बो लगायतले बोल्नुभएको थियो । प्रेस सन्टर सुनसरीका अ्ध्यक्ष श्रीशीशा राईको सभापतिमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव तीर्थ कार्कीले गर्नुभएको थियो ।तस्विर सहयोग : मिकाइल आलमको फेसबुकबाट

तपाईको प्रतिक्रिया