१४ जेठ,  विराटनगर। पहिलो चरणको निर्वाचनमा अत्याधिक मत बदर भएकाले बदर मत घटाउने उद्देश्यले विराटनगरमा प्रशिक्षण दिइएको छ । राजनीतिक दल, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीलाई मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, निर्वाचन कानून र आचारसंहिताबारे प्रशिक्षण दिइएको हो ।दलका कार्यकर्ता सचेत र सक्षम भए बदर मत प्रतिशत न्यून हुने भएकाले मतदान गर्ने, मतपत्र पट्याउने तरिका र गणना विधि तथा उम्मेदवारी दर्ता, उम्मेदवारी खारेज र प्रचार प्रसारको तरिका बारे प्रशिक्षण दिइएको हो । स्थानीय तहको दोश्रो चरणको मतदानको दिन नजिकिएसँगै मोरङमा मतदाता शिक्षालाई प्रभावकारी बनाउदै लगिएको छ ।

तपाईको प्रतिक्रिया