इनरुवा जेठ १४/नेकपा एमालेले इनरुवा नगरपालिकाका १० वडा मध्ये ८ वटा वडाको उम्मेदवार सार्वजनिक गरेको छ । जिल्ला पार्टी कार्यालय सुनसरीले आइतवार पत्रकार सम्मेलन गरी नामावली सार्वजनिक गरेको हो ।

एमाले जिल्ला पार्टी सचिवालय कार्यालयको सिफारिसमा मेयर, उपमेयर र वडा नम्वर ६ र १० बाहेकका अन्य ८ वटा वडाको उम्मेदार नामावली सार्वजनिक गरिएको प्रदेश नम्बर एकका सदस्य खेमराज पोखरेलले जानकारी दिए । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको नमावली अनुसार एमालेले वडा नम्वर १ को अध्यक्षमा कानुन अधिकारी सहित सदस्यहरु नवराज श्रेष्ठ, विन्दुदेवी ढकाल, दलित महिला तर्फ मधु परियार र जोगेन्द्र साह रहेका छन् ।

त्यसैगरी वडा नम्वर २ मा अध्यक्ष राजेन्द्र पण्डित, सदस्यहरुमा विष्णु उराव, छोटु शर्मा,गंगा थापा, जन्नुवती राम रहेका छन् । वडा नम्वर ३ मा अध्यक्ष कालुराम गुरुङ र सदस्यहरुमा कृष्ण पोखरेल, सरोज बराल, कालिका तिम्सिना र कवत्री साह रहेका छन् । वडा नम्वर ४ मा श्यामदेव मेहता अध्यक्ष र सदस्यहरुमा क्रमश लक्ष्मी वर्मा, कमला खड्का, जानुकादेवि सदा र विष्णु उराव रहेका छन् । त्यसैगरी अञ्जली पोखरेल अध्यक्ष सहित सदस्यहरुमा डम्बरुबल्लभ भण्डारी, इन्दिरा सुवेदी, कैलाश चौधरी र कुमारी परियार रहेका छन् ।

त्यसैगरी वडा नम्वर ७ को अध्यक्षमा वन्हु चौधरी र सदस्यहरुमा प्रलाद चौधरी, देवकी देवि सरदार, मिरादेवि चौधरी र बद्रीनारायण उराव रहेका छन् । त्यसैगरी एमालेले सार्वजनिक गरेको इनरुवा नगरपालिका वडा नम्वर ८ को अध्यक्षमा अशोक साह रहेका छन् । सदस्यहरुमा कृष्णदेव मण्डल, कुमारीदेवि सदा, लयावती उराव र सुकरात मियाँ रहेका छन् ।

त्यसैगरी वडा नम्वर ९को अध्यक्षमा वशिर इद्रिस मन्सुरी र सदस्यहरुमा कमलनारायण चौधरी, रञ्जना चौधरी,शान्तिदेवी खत्वे र शुहेब खान रहेका छन् ।सुनसरी एमालेले इनरुवा नगरपालिकाको मेयर र उपमेयर सहित बाँकी रहेका ६ र १० नम्वर वडाको अन्तिम टुङ्गो २ दिन भित्रमा लगाइसक्ने नेकपा एमाले इनरुवा नगर कमिटी सचिव रमेश तिम्सिनाले बताए ।

तपाईको प्रतिक्रिया