१४ जेठ, काठमाडौं।  मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आज आइतबारदेखि सुरु भएकाे छ ।एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा रहेको  छ ।

यो एकदमै कठिन व्रत हो ।  सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहहरि) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । अवतारिक भनेको हलुका खानेकुरा हो । रोजाको समयमा मुसलमान निराहार बस्नुपर्छ ।  जानेर थुक पनि निल्नु हुँदैन ।  यसबाट खैनी, चुरोट, गुट्खा र पानजस्ता पदार्थका कुलतीले फजुल खर्चबाट जोगिन आफ्नो बानीमा परिवर्तन ल्याउन ठूलो अवसर पाउने गर्छन् ।

रमजान कुनै एक निश्चित महिनामा मात्र नभई प्रत्येक वर्ष १० दिन अघि सर्ने गर्छ जसले गर्दा १२ वर्ष उमेर पुगेका मानिसले ४८ वर्षको उमेरसम्ममा उसले सबै महिनाको रोजाको स्वाद पाइसक्छन् ।  रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया