इनरुवा जेठ १५/निर्वाचन आयोगको कार्यतालिका अनुरुप सुनसरीका १२ वटै स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमवार सदरमुकाम इनरुवामा गणतन्त्र दिवसको अवसरमा सरसफाई र इनरुवा अस्पतालमा फलफुल वितरण गरी निस्केको मूख्य निर्वाचन अधिकृत सहितको टोलीले दिनभर लगाएर जिल्लाका १२ वटै तहमा पुगी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।


सबै जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालय मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले संयुक्त रुपमा रिवन काट्नुका साथै निर्वाचन अधिकृतको कार्यालयको वोर्ड अनावरण गर्नुभएको थियो ।


निर्वाचन अधिकृतको कार्यालय स्थापनाकालागि मूख्य निर्वाचन अधिकृत कोइराला, सुनसरीका प्रजिअ पराजुली, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेल, शसस्त्र प्रहरीका उपरीक्षक रमेश सुवेदी, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल, सहायक प्रमुख जिल्ला कमल थापा मुनका न्यौपाने लगायतको टोली खटिएको थियो ।


सुनसरीमा २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउपालिका रहेका छन् । निर्वाचन अधिकृतको कार्यालय स्थापनाका क्रममा भेला भएका राजनैतिक दल र सर्वसाधारणको उत्साह देख्दा जिल्लामा चुनावी माहोल सीर्जना भएको र मतदान गर्न सर्वसाधारण आतुर रहेको अनुगमन टोलीले निष्कर्श निकालेको छ । निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भई संचालनमा आएसँगै सुरक्षाको भरपर्दो बन्दोवस्ती मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया