१६ जेष्ठ, सुवास संकल्प इटहरी। नेपालि मनोरन्जनको क्षेत्रमा लोक गीत संगीतले पनि एउटा छुट्टै स्थान बनाएको छ l बिशेषगरि देश भन्दा बाहिर रहेका नेपालीहरु माझ निकै लोकप्रिय छ लोक गीत l दिने जसो लोक गीतको म्युजिक भिडियो सार्बजनिक हुने लहर पछिल्लो समय निकै बढिरहेको छ l यसै क्रममा एक अर्को म्युजिक भिडियो लोक बजारमा सार्बजनिक भएको छ l
चर्चित गायिका देबी घर्ति मगर र अर्का गायक प्रेम आले मगरको आवाज रहेको “पहिलो पहिलो मायामा फसेको” बोलको गीत हालै युटुब मार्फत सार्बजनिक भएको हो l प्रियशी म्युजिक प्रालि को प्रस्तुति र बबिता पुरी र राजेन्द्र पुरीको बजार व्यवस्थापनमा सो गीतको भिडियो सार्बजनिक भएको हो l गीतमा इन्द्र दाहाल शिशिर को सब्द समाबेश रहेको छ भने प्रेम आले मगरले म्युजिक भरेका छन् l
सार्बजनिक उक्त गीतमा माया पिरतीका कुराहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ l सुन्दरताले भरिएकी अहिलेका चर्चित मोडल सारिका केशी र उनि संग बिमल अधिकारीले प्रेमभाबमा अभिनय गरेका छन् l काजिश श्रेष्ठ को निर्देशनमा तयार भएको सो भिडियोलाई सागर गौतमले छायांकन गरेका छन् l त्यस्तै प्रियशी म्युजिक प्रालि कै युटुब च्यानल बाट सार्बजनिक भिडियोलाई अभिनास डिशि ले सम्पादन गरेका छन् l

तपाईको प्रतिक्रिया