१६ जेठ, सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका ६ पानवारी स्थित चौकी डाँडामा सोमबार राती ग्याङ फाईट हुँदा ५ जना घाईते भएका छन्।

घाईते हुनेमा प्रकाश कुवँर, बासु रिजाल, निराजन मगर, अशोक मगर र रोमन शाही रहेका छन्। सामान्य बादबिबाद पश्चात एक आपसमा झगडा भई ग्याङ फाईट हुँदा उनीहरु घाईते भएका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। घाईते उनीहरुको धरानस्थित बिजयपुर अस्पताल र बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ। घट्नाबारे थप अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

तपाईको प्रतिक्रिया