इनरुवा १६ जेठ / राष्ट्रिय जनता पार्टीले सुनसरी सदरमुकाम इनरुवामा प्रर्दशन गरेको छ ।जिल्ला निर्वाचन कार्यालय अगाडी राजपाका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन् ।


आन्दोलनको केन्द्रिय तालिका अनुरुप आजकालागि राजपाले निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दीको कार्यक्रम तय गरेको थियो ।
नाराजुलुस सहित जिल्ला निर्वाचन कार्यालय तर्फ अघि बढेको जुलुसलाई प्रहरीले बाटोमै रोकेको थियो ।राजपाले कार्यालय तालाबन्दी गर्ने भनेपनि सम्भव भएन् । सुरक्षाकर्मीको बाक्लो उपस्थितीपछि कार्यालय अगाडी सडममा उभिएर उनिहरुले केहीबेर नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया