इनरुवा जेठ १७/मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले अनाथ तथा टुहुरा ७० जना बालबालिकालाई लत्ता कपडा सहितका सामाग्री वितरण गरेको छ । इस्लामनगर सुनसरीमा रहेको सोसाइटीले औपचारिक कार्यक्रमको आयोजना गरी इद गिफ्ट २०१७ अन्र्तगत ७० जना बालबालिकालाई सो सामाग्री वितरण गरेको हो ।

ZAKAT FOUNDATION AF AMERICA को सहयोगमा अनाथ तथा टुहुरा बालबालिकाहरुलाई लत्ता कपडा, चप्पल सहितका आवश्यकिय सामाग्री इद गिफ्ट कार्यक्रम अन्र्तगत वितरण गरिएको सचिव डा. खुर्शिद आलमले बताए । मुस्लिम ओरफनेज नेपाल सस्था दर्ता गरी २०१३ बाट अनाथ बालबालिकाको शिक्षादिक्षा सहितको बसोबासको बन्दोवस्ती मिलाउँदै आएको संस्थामा हाल ७० जना बालबालिका रहेका छन् । यसअघि Ramadan-2017 को अवसरमा Millat Educational & Welfare Society Nepal ले खाद्यान्न सामाग्री वितरण गरेको थियो । कार्यक्रममा असहाय र गरिव परिवारकालागि खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया