इनरुवा/काठमाण्डौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको ज्योति विकास बैंक ३०औं शाखा विस्तारको क्रममा झुम्का आइपुगेको छ ।
नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त वित्तिय संस्थाका रुपमा रहेको ज्योति विकास बैंक लिमिटेडले आजबाट झुम्का स्थित किरण चित्र मन्दिर अगाडी शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख रामु पौडेलले उद्घाटन गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष गोकर्ण खतिवडा, संचालक छत्रमान श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर, रामधुनी भाषी नगरपालिकाका कार्यकारी अधिकृत सूर्यप्रसाद गौतम, उद्योग वाण्ज्यि संघ झुम्काका अध्यक्ष सगेन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

बैंकले लघु उद्योग, कृषि, ब्यापार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने गरेको म्यानेजर विजयराम आचार्यले जानकारी दिए । ज्योतिबाट सर्वसाधारणले सहज र सरल तवरबाट आधुनिक शैली बमोजिमको सेवा पाउने आचार्यले बताए । कार्यक्रममा दिइएको जानकारी अनुसार ज्योति विकास बैंक लिमिटेडको कुल कर्जा प्रवाह ८ अरब ५० करोड रहँदा डिपोजिट साढे ९ अरब रहेको छ ।

तपाईको प्रतिक्रिया