काठमाडौं, १८ जेठ । राजनीतिक दबाब र प्रभावमा समावेश हुने गरेका ४ हजार १ सयवटा सडक आयोजना स्थानीय तहबाट कार्यान्वयन हुने भउका छन् । मन्त्री र प्रभावशाली नेताको दबाबमा ८ लाख र ४ लाख रुपैयाँ बजेट परेका ती आयोजना अब तल्लो तहमा पुगेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार ८ लाख रुपैयाँ बजेट परेका २२ सय र ४ लाख रुपैयाँ बजेट परेका १९ सय आयोजना कार्यान्वयनमा थिए ।बर्सेनि बजेट माग हुने, तर कार्यान्वयन नहुने ती आयोजनामा अर्थ मन्त्रालयले बजेट थप्दै आएको थियो ।आजको नयाँ पत्रिकामा खबर छ।