काठमाडौं, १८ जेठ । कांग्रेस सभापति शेरबहादर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् । संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनको लागि बहुमतीय प्रक्रिया सुरु गर्न पठाएपछि कांग्रेसले औपचारिक रुपमा सरकार निर्माणका लागि दलहरुसँग छलफल गर्ने भएको छ।

यस्तो छ अंकगणित
संसदमा कायम कुल सदस्य संख्या– ५९३
बहुमतका लागि आवश्यक संख्या– २९७
सत्ता गठबन्धनसँग रहेको संख्या– ३११

कांग्रेस–२०७
माओवादी केन्द्र– ८२
नेपाल लोकतान्त्रिक फोरम–१७
नेकपा संयुक्त–३
अखण्ड नेपाल–१
समाजवादी जनता पार्टी–१

आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया