१८ जेठ, सुनसरी। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको मेहनतको कमाईलाई वैदेशिक रोजगार प्रवर्दन बोर्ड बानेश्वरले बालुवा पानि हाले सरह बनाएको छ ।वैदेशिक रोजगार प्रवर्दन बोर्डले वैदेशिक रोजगारमा जाने १० हजार युवाहरुलाई विभिन्न किसिमका सीप मुलक तालिमका नाममा १४ करोड नेपाली रुपैँया खर्च गर्न लागेको छ । जुन औचित्य विहिन छ । यस रकमबाट गर्न लागिएको तालिममा सहभागि हुने लक्षित युवायुवतीहरु वर्तमान अवस्थामा म्यादी प्रहरीमा रहेका तथा बाकी युवा युवतीहरु २० वर्ष पछी हुनलागेको स्थानिय निकायको चुनावमा हुम्मिएको अवस्था रहेको छ ।

 समग्र रुपमा हेर्दा तालिम प्रदाय संस्थाहरु सँग मिली १४ करोड रुपैँया अपचलन गर्ने नियत देखिन्छ । जानकारीहरुका अनुसार तालिम प्रदाय संस्थाहरु नियमित  तालिम सञ्चालन गराउनु भन्दा विभिन्न स्थानहरुबाट युवा युवतीहरुको फोटो र नागरिकताको प्रतिलिपी संकलन गरी मात्र कागजी  प्रकृया पुरा गरी कागजमा तालिम सम्पन्न गराउने खेलमा लागिरहेको जानकारीहरु बताउछन् ।

२०७२-९-२९ मा राष्ट्रिय स्तरको पत्र पत्रिकामा तालिम प्रदाय संस्थाहरुको लागि आसय पत्र माग गरिएको सुचना प्रकाशन भएको थियो । त्यस पश्चात २०७३-११-१३ मा आर्थिक तथा प्राविधिक  प्रस्ताव माग गरिएको थियो । २०७४-२-४ गते छनौट भएका संस्थाहरुलाई सम्झौता गर्न सुचना प्रकाशित गरिएको थियो यसमा छनौट भई सम्झौता गर्नु पूर्व कम्तिमा पनि १ हप्ताको दावी विरोधको मौका दिनु पर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख भए पनि सो अनुरुप प्रकाशित सुचनामा नदेखिएको तथा छनौट भएका संस्थालाई सिधै सम्झौताका लागि बोलाईएकोले बदनियत पूर्न देखिन्छ । यसलाई पुष्टि गर्न हालको समय जुन की आसन स्थानिय निकायको निर्वाचन तथा अषाढ मसान्त सम्ममा कार्य सम्पन्न गर्नु पर्ने अवस्थाबाट प्रष्ट हुन्छ ।

तालिम प्रदायक संस्थाहरुको छनौट २०७२-९-२९ मा प्रकाशित गरी कार्यक्रमलाई बन्द गरी राखिएको सो कार्यक्रम पुनः नयाँ सुचना प्रकाशित नगरी २०७३-११-१३ मा पुरानै छनोट भएका संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको दखिन्छ। यसबाट पनि तालिम प्रदायक संस्थाहरु सँग वैदेशिक रोजगार प्रवर्दन बोर्डको मिलि भगत देखिन्छ ।

उक्त तालिमको कुल अवधि जम्मा ३२ कार्य दिन भएको तर सुचना मिति २०७४÷२÷४ गतेबाट अर्थात २०७४÷२÷११ सम्म सम्झौता गर्ने समय रहेको त्यस पश्चात तालिम प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुका लागि छनौट प्रक्रिया १५ दिने सुचना मार्फत दिनु पर्ने हुन्छ । सो पश्चात तालिमका प्रशिक्षार्थीहरुको आवेदन नआएमा पुनः १ हप्ता म्याद थप्नु पर्ने प्रावधान छ । जस अनुरुप ३२ दिनको तालिम गराउन समय प्राप्त नहुने देखिन्छ । यसबाट सजिलै थाहा हुन्छ कि राजनैतिक दल लगायत सम्बन्धित निकायहरु चुनावको माहोलमा व्यस्त भएको मौका छोपी वैदेशिक रोजगारीमा रहेका नेपाली जनताहरुको रगत पसिनाको कमाई वैदेशिक रोजगार प्रवर्दन बोर्ड र तालिम प्रदायक संस्थाहरुको  मिलि भगतमा अनियमितता गरेको प्रष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया