१८ जेठ, सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका ९ स्थित बबिया चौक स्थित भित्री सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक जना बिद्यार्थी घाईते भएका छन्। दक्षिणबाट ईनरुवा जाँदै गरेको को १ ज २५५३ नम्बरको म्याजिकको ठक्करबाट पुर्णिमा बोर्डिङ स्कुलमा अध्ययनरत सोही ठाउँ बस्ने देव नारायण यादवको १२ बर्षिय छोरा आशिष यादब घाईते भएका हुन्।
घाईते बालकको जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। म्याजिक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया