१८ जेठ, झापा। झापाको मेचिनगर नगरपालिका-७ स्थित प्यारीभिट्टाबाट प्रहरीले बुधबार खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दिनाजपुर घर भई हाल मेची नगर नगरपलिका-६ बस्ने २४ बर्षिय अजय सिहं रहेका छन्। प्रहरीले उनको साथबाट डब्लु बि ७४ यु ६३४८ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको ९ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागू औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले सिहंलाई अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। सिहंलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया