काठमाडौं, २० जेठ । पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरुले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचनमा जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरु अन्य पार्टीमा जान लागेका हुन् ।

राजपा छाडेका अधिकांश नेताहरु उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरु भने फोरम लोकतान्त्रिकमा आबद्ध भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनयता विभिन्न जिल्लामा पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् ।

राजपाले संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको छ । फोरम नोपल र फोरम लोकतान्त्रिकले भने चुनावको तयारी तीव्र पारेका छन् । राजपा छाड्नेमध्ये अधिकांशले चुनावमा उम्मेद्वारी दिने आकांक्षा देखाएका छन् ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया