इनरुवा २२ जेठ/विश्व वातावरण दिवसको अवसरमा इनरुवामा दुई सय बढी विरुवा रोपिएका छन् ।
वातावरण दिवस मनाउने क्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हातामा वृक्षारोपण गरिएको हो ।
प्रकृतिसँग हाम्रो सम्वन्ध, रहिरहोस अनन्त भन्ने मूल नाराकासाथ दिवस मनाइएको हो ।

जिल्ला समन्वय समिति सुनसरीले कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठको संयोजकत्वमा विभिन्न प्रजातिका विरुवा रोपिएको वातावरण अधिकृत पुष्पनारायण चौधरीले बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी प्रमुख पोषराज पोखरेल सहित जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरुले वृक्षारोपणमा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया