स्थानीय तह दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय गराउन अन्तक्र्रिया कार्यक्रम ।

२२ जेठ, दिलिप साह राजविराज । स्थानीय तह निकाय दोस्रो चरण अन्तर्गतको निर्वाचनलाई लक्षित गरी सोमबार राजविराजमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । शान्तिको लागि साझा अभियान कोक्यापले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सो अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय सेकडिहुरफले संयोजन गरेको अन्तक्र्रिया कार्यक्रममा पूर्व न्यायधिश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, राष्ट्रपतिका सल्लाहकार शुसिल प्याकुरेल, सप्तरी प्रमुख जिल्ला अधिकारी कुष्णबहादुर कट्वाल, निर्वाचन अधिकारी महेशकुमार ठाकुर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्रप्रसाद साह, एमालेका अध्यक्ष गोविन्द न्यौपाने, राजपाका नेता कपिलदेव यादव लगायतले विगतको निर्वाचनको समिक्षा तथा स्मरण गर्दै अबको निर्वाचन धाँधली रहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्नेमा जोड दिएका छन ।

सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वक्ताहरुले आन्दोलनरत राजपासँग राजनीतिक सहमति कायम गरेर अगाडी बढ्नु पर्ने बताउँदै निर्वाचनको सहज वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । निर्वाचनको माहौल बनिसकेको अवस्थामा भयरहित वातावरणमा मतदान गर्न मतदाता उत्साहित रहेकोले राजनीतिक वातावरणको खाँचो रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया