२२ जेठ, दिलिप साह राजविराज । सप्तरीको साविक हरिहरपुर गाविस वार्ड नं. ६ मैटगढीबासीले आफुहरुलाई राजविराज नगरपालिकाबाट अलग नगरिए मतदान बहिष्कार गर्ने निर्णय गरेको छ । हरिहरपुर–६ मैटगढीवासीले राजविराजमा पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेको बताउनुभयो । तत्कालीन हरिहरपुर गाविसका नौ वार्ड मध्ये ६ नं. वार्डलाई मात्र अलग गरी राजविराज नगरपालिका १० नं. वार्ड कायम गरिएको छ ।

राजविराज नगरपालिकाबाट अलग गर्नुपर्ने माग गर्दै साविकको हरिहरपुर गाविस वार्ड नं. ६ मैटगढीबासी ।

माओवादी केन्द्रका साँसद उमेशकुमार यादवले आफ्नो व्यक्तिगत राजनीतिक तथा जातीय बर्चस्व कायम राख्न हरिहरपुरका सो वार्डलाई राजविराज नगरपालिकामा गाभिएको आरोप लगाउँदै पत्रकार सम्मेलन हरिहरपुरवासी तेजनारायण यादव, रुन्दी यादव, छोटेलाल यादव, नेबुकुमार यादव लगायतले भौगोलिक बनाबट, बाटोघाटो तथा पायकको हिसाब समेतले राजविराज नगरपालिका अनुकूल नरहेको बताएका छन । उहाँहरुले भन्नुभयो, राजविराज नगरपालिकामा बस्ने कसैको इच्छा छैन । हामीलाई कुनैपनि दुष्टिकोणले उपयुक्त छैन ।

राजविराज नगरदेखि करिब ५ किलो मिटर उत्तर पूर्व खाँडो खोला पारी रहेको सो वार्डमा ९८२ जनसंख्यामध्ये ४१७ मतदाता रहेको बताएका छन ।

तत्कालीन हरिहरपुर गाविसका बाँकी ८ वटा वार्डहरुलाई कृष्णसोवरण गाउँपालिकामा गाभिएको भन्दै यस ६ नं. वार्डलाई पनि सोही गाउँपालिकामा समावेश गर्नुपर्ने माग गरेको छ ।

वार्डका सम्पूर्णवासीले सीमा परिवर्तन गरी कृष्णसोवरण गाउँपालिका हरिहरपुर गाविसलाई वार्ड नं. ३ कायम गरिएकोले सोही वार्डमा वार्ड नं. ६ लाई गाभिन नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, नेकपा संयुक्त लगायतका दलहरुलाई निवेदन दिएको जानकारी दिदै उहाँहरुले ती दलहरु समेतले सिफारिश गरिएको जानकारी गराउनुभयो । सो सिफारिश र निवेदनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धीत निकायमा पत्रचार गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया