२२ जेठ, दिलिप साह राजविराज । सप्तरीको पकरी स्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयमा अनियमितता गरेको आरोप लगाएका छन । पकरीका अभिभावकहरुले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन । स्थानीय अभिभावक बिनोदकुमार यादव, सन्तोषकुमार यादव, प्रमोद यादव, सो विद्यालयका अवकाश प्राप्त शिक्षक रामनारायण यादव सहितकाले विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरीले भवन निर्माण, छात्रबृति, शिक्षक नियुक्ति, पाठ्यपुस्तक वितरणमा अनियमितता गरेको आरोप लगाएका छन ।

प्रअ चौधरीले विद्यालयका लेखापाल पुलकित यादव, भवन निर्माण निरीक्षणका लागि जिल्ला शिक्षा कार्यालयबाट खटिएका इन्जिनियर उपेन्द्र यादवलाई बिना कारण हातपात गरी कुटपिट गरेको अभिभावकले दाबी गरेको छ । यस्तो आरोपको सम्बन्धमा जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनसुन्धान लगायतको निकायमा लिखित उजुरी गरेपनि कुनै कारबाही नगरिएको दुखेसो पोख्नुभयो । यी निकायले कारबाही नगरेपछि बाध्य भएर गत बैशाख १४ गते विद्यालयको प्रधानाध्यपक तथा लेखाफाँटमा तालाबन्दी गरेको बताएका छन ।
तालबन्दी गरेपछि ताला खोल्न पटक–पटक दवाव दिदै आएको बताउँदै अभिभावक बिनोदकुमार यादवले अभिभावकको माग पूरा गरेपछि मात्र ताला खोल्ने अडानमा रहेको कारण जर्वजस्ती गत जेठ १९ गते प्रहरी प्रशासन लगाएर ताला फुटाएको बताउनुभयो । प्रअ चौधरीले गरेको अनियमितताको छानबिन गरी कारबाही र अन्यत्र सरुवा गर्नपर्ने अभिभावकले माग गरेको छ ।

तपाईको प्रतिक्रिया