काठमाडौं। कांग्रेस सभापि शेरबहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । चाैथोपटक मुलुकको प्रधानमन्त्री बनेका देउवाको तीन कार्यकाल यस्तो थियो
दोस्रोपटक १४ महिना
११ साउन ०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बने । दोस्रो कार्यकाल १४ महिना रह्यो । यो अवधि निकै उतारचढावपूर्ण रह्यो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेका वेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले १९ जेठ ०५९ मा देउवालाई प्रधानमन्त्री भएकै वेला साधारण सदस्यताबाट समेत निष्काशन गरेका थिए । त्यसपछि ४ असोज ०५९ मा देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । अलग कांग्रेस गठन गरेको १५ दिनपछि नै देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अपदस्थ भए । निर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरेका थिए ।अाजको नयाँ पत्रिकामा खबर छ ।
तेस्रोपटक आठ महिना
पहिले अक्षम घोषणा गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले २८ जेठ ०६१ मा देउवालाई पुनः प्रधानमन्त्री बनाए । तर, आठ महिनापछि १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिए । तेस्रोपटकको देउवाको प्रधानमन्त्रीकाल आठ महिनाभन्दा अघि बढ्न सकेन ।
देउवाका सबल पक्ष : कुनै पनि विषयलाई अड्काउन नहुने भन्दै समस्याको गाँठो छिटै फुकाउन लचिलो
कमजोर पक्ष : शक्तिमा आउन सबै अस्त्र परिचालन गर्ने आरोप देउवालाई लाग्ने गरेको छ ।