काठमाडौं, २४ जेठ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालार्इ चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी तन्त्रमन्त्र, धामी–झाँक्री, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन । दशै औंलामा औंठी लगाएको पनि देखिएकै हो । भनिएको के रहेछ भने, असकार १५ गुज्रियो भने मुश्किल छ । जेठ २४ मित्रै भए राम्रो । नत्र अप्ठेरो पर्छ !

त्यसकारण देउवा दोस्रो चरणको चुनावसम्म पनि पर्खन नसक्ने अवस्थामा पुगेका रहेछन् । दोस्रो चरणको चुनाव मध्यअसारमा हुँदैछ । झरी–बाढी, पहिरोका कारण खोलानाला बढ्ने, मतदान केन्द्र असुरक्षित हुने, मतपेटिका ओसार्न पनि गाह्रो हुने बेला हो यो ।

उनलाई अंगिरश न्यौपाने, सन्तोष बाशिष्ट, जगतगुरु आचार्य वीरेन्द्रहरुले जसरी पनि २४ गते नकटाउनु भनेका हुन् । देउवाले विश्वस्तहरुलाई १९ देखि २३ सम्म उपत्यकाबाहिर नजानु भनेका थिए ।

ज्योतिष्हरुलाई बुढानीलकण्ठ बोलाएर जन्मकुण्डली देखाउँथे । चिना हेराउने काम वैशाखदेखि नै तीव्र गतिमा अघि बढेको हो । कहिले आरजु, कहिले आफैं चिना फिजाउन कस्सिन्थे ।

यसरी धेरै दुःखले हुन लागेको प्रधानमन्त्री संसदको गतिरोधका कारण मात्र अड्किने भएपछि सोमबार एमालेसहितका दलहरुबीच सहमति भएको बताइन्छ ।जनआस्था साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया