काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न पौने दुई बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनका निजी सचिव केशवराज जोशीका अनुसार बुधबार दिउँसो पौने दुई बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ कार्यक्रम राखिएको छ ।

देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै बुधबारै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम तय भएको छ ।

आज सानो मन्त्रिमण्डल
प्रधानमन्त्री देउवाले बुधबार सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार देउवाले शपथलगत्तै सात सदस्यीय मन्त्रिमण्डल पनि बनाउनेछन् । स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रबाट बुधबार तीन/तीन जना मन्त्रीले शपथ लिनेछन् भने फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारले शपथ लिनेछन् । कांग्रेस र माओवादीबाट मन्त्रीको नाम टुंगो लागिसकेको छैन । स्रोतका अनुसार बुधबार कांग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्ला मन्सुरले शपथ लिन सक्ने सम्भावना छ । माओवादी मन्त्रीको नाम भने बुधबार बिहान बस्ने पार्टी बैठकले टुंगो लगाउने बताएको छ ।अाजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया