काठमाडौं । सरकारले असार १४ अघि केही मन्त्री थप गर्ने तयारी गरेको छ । सरकारलाई समर्थन गरेका दललाई सहभागी गराउने र कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट पनि केही मन्त्री थप गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, मन्त्रिमण्डलले पूर्णता भने असार १४ को स्थानीय तह चुनावपछि मात्रै पाउने भएको छ । दलबीच मन्त्रालयको भागबन्धडा अझै मिलिसकेको छैन ।

कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने टुंग्याउन बाँकी भएकाले अर्को साता केही थप हुने बताइएको छ । प्रधानमन्त्री देउवाले बुधबार सपथग्रहण लिएसँगै ७ मन्त्रीलाई सपथ गराएका थिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया