२५ जेष्ठ, सुवास संकल्प। चिना हराएको मान्छे” नामक कृति लेखि सकेपछि आफुलाई लेखकमा पनि अब्बल साबित गरिसकेका नेपालि हास्य जगतका प्रमुख पात्र हरिबंश आचार्यले भर्खरै अर्को कृति “हरिबहादुर” सार्बजनिक गरेका छन् l कृति सार्बजनिक संगै “हरिबहादुर किताब यात्रा” नामक कार्यक्रम तय गरेर देश दौडाहमा हिडिरहेका आचार्यले धरानमा पनि निकै राम्रो साथ् र माया बटुलेका छन् l
जेष्ठ २३  सम्पन्न उक्त धरान शृंखलामा सयौ दर्शकको उपस्थिति रहेको थियो भने उपस्थित दर्शकले हरिबंस आचार्यले हस्ताक्ष्यर गरेको हरिबहादुर कृति लिएका थिए भने उनि संग सेल्फी पनि लिएका थिए l कार्यक्रमलाई नेपालका चर्चित आर जे सबिना कार्की ले उद्घोषण गरेकी थिइन् भने रमाईलो कार्यक्रमलाई अझ रमाईलो बनाउन हास्य क्षेत्रमा स्थापित हुदै गएका र रेडियो अडियो का प्रस्तोता समेत रहेका सुमन कार्कीले आफ्नो कमेडी कला प्रस्तुत गरेका थिए l
हेर्नुस सोहि कार्यक्रममा पुगेर तयार परिएको यो रमाईलो भिडियो :

तपाईको प्रतिक्रिया