२५ जेठ, इनरुवा । इनरुवा नगरपालिकाका स्थानिय बासिन्दा चिरञ्जीवी बस्नेत कुनै समय नेपाली चलचित्र जगतका चर्चित निर्माता रहिसक्नु भएका अहिले  स्थानीय तह अन्तर्गत बडा सदस्यका लागि मत माग्न ब्यस्त रहेका छन ।


चण्डाल ,चोर, चक्रब्यु,चलचित्र लगायतका  दुई दर्जन बढी चलचित्रहरु निर्माण गरी सकेका चिरञ्जीवी एक दसक देखि इनरुवा मै बसोवास गर्दै आएका छन । एक दसक अघि नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्र बनाउने निर्माताका रुपमा परिचित चिरञ्जीवी अहिले सुनसरी सदरमुकाम इनरुवा १ को वडा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट मत मागी रहेका छन ।

पुर्खौली बसोवास रहेको इनरुवामा बस्न थालेका चिरञ्जीवी उद्योग वाणिज्य संघ इनरुवाको कार्यकारी सदस्य समेत रहेका छन ।

इनरुवामा बसेर समाजसेवा तथा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका बस्नेतले चलचित्र निर्माण कार्य समेत जारी राखेको र अहिले पनि एउटा चलचित्र बनिरहेको साथै आफनै ठाउँमा केही समाजिक काम गरौं भनेर उमेद्वार बनेको बताए ।

नेपाली चलचित्रको निर्माण देखि खलपात्रका रुपमा कडा स्वाभावमा चलचित्रमा देखिने नरम स्वभावका  चिरञ्जीवी बस्नेत अहिले मतदाताको घरदैलोमा आफुलाई वडा सदस्य पदमा विजयी बनाउन मतमाग्न व्यस्त रहेका छन ।

इनरुवामै रहेर चलचित्र निर्माण कार्य समेत जारी राख्दै राजनैतिक तथा सामाजिक कार्यमा सक्रिय रहने चिरञ्जीवीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया